ट्राफिक प्रहरीले नागरिकसँग हात नमिलाउन सर्कुलर, नमस्कार गर्नुपर्ने
setopati.com · Wed Jun 24 11:45:56 GMT 2026

काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरीलाई ड्युटीमा खटिँदा नागरिकलाई नमस्कार गरी सम्बोधन गर्न सर्कुलर भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै ट्राफिक प्रहरीहरूलाई अबदेखि नागरिकलाई सम्बोधन गर्दा नमस्कार गर्न भनेर मंगलबार सर्कुलर गरेको हो।
ड्युटीको क्रममा अब नागरिकहरूसँग हात मिलाएर कुराकानी नगर्न पनि भनिएको छ।
‘सडकमा ड्युटीमा खटिँदा नागरिकसँग हात मिलाउँदा अशोभनीय देखियो। नागरिकलाई आदर सम्मान गर्नुपर्ने भनेर नमस्कार गरी सम्बोधन गर्न भनिएको हो,’ एसपी नरेशराज सुवेदीले भने।
यो सर्कुलर काठमाडौं, ललितपुर र भक्तपुरको ट्राफिक प्रहरीका लागि गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ