अशक्तलाई घरमै नागरिकता
barnanmedia.com · Wed Jun 24 11:35:03 GMT 2026

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता उपलब्ध गराउन थालेको छ । यस क्रममा जन्मजात पूर्णरूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की विनिता बोलखेलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।
शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असहज हुने भएकाले प्रशासनले विशेष व्यवस्था गर्दै घरमै सेवा उपलब्ध गराएको प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । उहाँलगायतको टोलीले आवश्यक प्रक्रिया पु¥याई विनितालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)