मलेसिया रोजगारीमा सिन्डिकेटविरुद्ध संघको अभियान, स्पष्टीकरणको समय सकियो
rajdhanidaily.com · Wed Sep 16 10:58:48 GMT 2026

काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै एफडब्ल्यूसिएमएस प्रणालीमा पहुँच दिइएको विषयलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेटविरुद्धको अभियानलाई तीव्र बनाएको छ।
संघका तृतीय उपाध्यक्ष तथा संघर्ष समिति संयोजक लक्ष्मण पौडेलका अनुसार एफडब्ल्यूसिएमएसमा २५ वटा म्यानपावर कम्पनीको नाम समावेश गरी उनीहरूमार्फत करिब २५० कम्पनीलाई सहायकका रूपमा जोडिएको विषयमा संघले सम्बन्धित व्यवसायीसँग स्पष्टीकरण मागेको थियो। तर स्पष्टीकरणको समय सकिँदासमेत केही व्यवसायीबाट जवाफ नआएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)