मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : एक जनालाई मतदान गर्न ७ देखि १० मिनेट, नतिजा २ घण्टापछि

onlinekhabar.com · Wed Jun 24 11:41:49 GMT 2026

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ ।

जारी महाधिवेशनमा बन्द सत्र सकाएर अहिले निर्वाचन प्रक्रिया अघि बढेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आजै साँझ साढे ७ बजेबाट मतदान सुरु हुनेछ ।

मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ ।

केहीबेर अघि प्रवक्ता झाले गरेको ब्रिफिङ अनुसार, एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि करिब ४ घण्टा समय लाग्ने जानकारी दिएको उनले बताए ।

त्यस्तै, मतदान सकिएको करिब २ घण्टामा नतिजा सार्वजनिक भइसक्ने पनि उनले बताए ।

‘राति १/२ बजेसम्म केन्द्रीय समितिको नतिजा निकालिसक्नेगरी तयारी गरेका छौं,’ झाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय