मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकी डलर र सुनचाँदी सहित भारतीय नागरिक पक्राउ

setopati.com · Wed Jun 24 11:47:12 GMT 2026

अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको महाराष्ट्र झारखण्ड घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय अमित इरगोन्डा घाली पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

काठमाडौंको ज्याठामा केही व्यक्तिहरूले अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजश्व छलीका सुनचाँदी ओसारपसार, भण्डारण र बिक्री गरेको सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार अमितबाट ७ लाख ३० हजार नेपाली नगद र ३४ हजार ५०० अमेरिकी डलर बरामद भएको छ।

त्यस्तै, सुन जस्तो देखिने ७५ ग्रामका १७ वटा धातु बरामद भएको छ। दुई किलो ६०० ग्रामको चाँदी जस्तो देखिने धातु पनि बरामद भएको छ।

थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय