चन्द्रपुरको बजेट : आफ्नै कमाइभन्दा अनुदानको भर
nepalpress.com · Wed Jun 24 11:52:01 GMT 2026

रौतहट । चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट ल्याएको छ । तर बजेटको आकार ठूलो देखिए पनि यसको अधिकांश हिस्सा संघीय र प्रदेश सरकारको अनुदानमा निर्भर रहेको देखिएको छ ।
बुधबार चन्द्रनिगाहपुरस्थित होटल ए.एन. प्लाजामा आयोजित नगरसभामा उपप्रमुख जयमाला चौधरीले बजेट प्रस्तुत गरिन् । प्रस्तुत बजेटअनुसार नगरपालिकाको आन्तरिक आय ३० करोड ४० लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने बाँकी स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडमा आधारित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)