राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग
khabarhub.com · Wed Sep 16 11:03:29 GMT 2026

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको बैठकमा सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिकिँदासमेत खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण हुन नसकेको बताए। उनले चाडपर्वका बेला उपभोक्ताले थप समस्या भोग्न नपर्ने गरी आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)