गाजामा बम विष्फोट सात तले भवन ढल्यो, २० जनाको मृत्यु, एक सय बढी भग्नावशेषमा फसेको आशंका
kalakarmi.com · Wed Sep 16 10:58:48 GMT 2026
जेरुजेलम– गाजा सहरमा रातभर भएको बम विष्फोटका कारण सात तले एउटा भवन पूर्ण रूपमा भत्किएको छ । उक्त घटनामा भग्नावशेषमा पुरिएर पाँच बालबालिकासहित २० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
‘तल अल–हवा’ क्षेत्रमा रहेको उक्त सात तले भवन ढलेपछि १०० भन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । भवनमा करिब १० परिवार बस्दै आएका थिए । भवन भत्किँदा १४ जना घाइते भएका छन् । उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका जीवित व्यक्तिको खोजी जारी राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)