मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिष्णु पौडेललाई गैरकानुनीरुपमा हिरासतमा राखेको भन्दै श्रीमती पुगिन सर्वोच्च

corporatenepal.com · Wed Jun 24 11:49:09 GMT 2026

काठमाडौं । आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै श्रीमती दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन् ।

उनले पक्राउ गैरकानुनी भएको दावी सहित पौडेललाई थुनामुक्त गर्न आदेशको माग गरेकी हुन् ।

Advertisement

रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाएकी छन् । निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

विशेष अदालतले मंगलरबार पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो । पटक पटक अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी राजानी ल्याइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय