मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन सूचना टाँसेर स्थगित गरियो प्रतिनिधिसभा बैठक?

himalpress.com · Wed Jun 24 11:57:21 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी गराएको हो। बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको थियो।

विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख डोलप्रसाद अर्यालले असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।

चितवनमा जारी रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)