मुस्ताङमा पाँच पत्रकार सम्मानित
barnanmedia.com · Wed Jun 24 11:47:08 GMT 2026

पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै यहाँका स्थानीय चार जना पत्रकारलाई जनही रु १५ हजार नगदसहित मुस्ताङमा सम्मान गरिएको छ ।
घरपझोङ गाउँपालिकाको अठारौँ गाउँसभामा मुस्ताङ जिल्ला संवाददाता सुन्दरकुमार थकाली र सुशीलबाबु थकाली, यसैगरी हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका संवाददाता भीमबहादुर रसाइली, मुस्ताङ साप्ताहिक एवं नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाका अध्यक्ष सुनदेवी रसाइली र मोडिफिकेशन जोमसोमका पत्रकार नीरज थकालीको कदर गरिएको हो ।
सम्मानित पत्रकारलाई जिल्ला समन्वय समिति (जिसस) मुस्ताङका प्रमुख माया गुरुङ, गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासक अधिकृत भीमकुमार बस्नेतले संयुक्त रुपमा दोसल्ला ओढाएर सत्कार गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)