मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन २६ देखि २८ पुस, काठमाडौंमा

rajdhanidaily.com · Mon Dec 01 23:28:42 GMT 2025

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस को १५औं महाधिवेशनको मिति टुंगो लागेको छ । डेढ महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन मिति’boutमा नेताहरू आ–आफ्नै अडानमा अडिग भएपछि टुंगो लाग्न सकेको थिएन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी २६ देखि २८ पुसमा १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

गत २८ असोजदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बीचमा रोक्दै निरन्तर चलिरहेको थियो । कांग्रेस ले गाउँ–नगर वडा अधिवेशन १६ पुसमा, गाउँ–नगरपालिका अधिवेशन १७ पुसमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुसमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुसमा गर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)