तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते
ekantipur.com · Sat Oct 14 16:53:29 GMT 2023
तनहुँ — आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा एक बालिका घाइते भएकी छन् । चितुवाको आक्रमण परी स्थानीय प्रेम गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौली घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी १० मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए । घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)