१० करोडले बढ्यो मनहरीको बजेट
ratopati.com · Wed Jun 24 11:59:01 GMT 2026

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १९ औँ अधिवेशन बैठकमा बुधबार उपाध्यक्ष सीता पुलामी मगरले चालु आर्थिक वर्षको तुलनामा १० करोड ८५ लाख रुपैयाँ बढीको आम्दानी खर्चको अनुमान प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षको कुल विनियोजित बजेट मध्ये पुँजीगत तर्फ ३६.७८ प्रतिशत (३६ करोड २५ लाख रुपैयाँ) र चालु खर्चतर्फ ६३.२२ प्रतिशत (६२ करोड ३१ लाख रुपैयाँ) छुट्टाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)