मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस

gorkhapatraonline.com · Wed Jun 24 11:58:22 GMT 2026

रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एक मात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ । विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो ।

रूस र संयुक्त राज्य अमेरिकाबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका प्रतिबन्ध हटेका छन् । दुवै देशले उच्चस्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय