सिटीसामु युनाइटेड बन्ला तगारो ?
ekantipur.com · Sat Jun 03 01:08:43 GMT 2023
लन्डन — म्यानचेस्टर सिटीले १२ वर्ष अगाडि वेम्बलीमा तीन उपाधिलाई पछ्याइरहेको म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । यो यस्तो खेल थियो, जसले इंग्लिस फुटबलको शक्ति स्थानान्तरण भइरहेको संकेत गरिरहेको थियो । अहिले सिटी आफैं तीन उपाधि पछ्याइरहेको छ । युनाइटेडसामु मौका छ त्यसलाई रोक्ने ।
म्यानचेस्टरका दुई क्लब शनिबार एफए कपको फाइनलमा भिड्दै छन् । सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब दुई जितसँगै सिटीले सन् १९९९ मा युनाइटेडले हात पारेको दुर्लभ उपलब्धिको बराबरी गर्न सक्छ । त्यो सिजन युनाइटेडले घरेलु लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो । सिटीसामु युनाइटेडपछि यस्तो उपलब्धि हात पार्ने दोस्रो टिम हुने अवसर छ । सिटी अहिले जुन शक्तिसहितको टिम छ, त्यसअगाडि युनाइटेड फिक्का देखिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)