१५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने जनकपुरको बसपार्क ४ वर्ष बित्दासमेत अलपत्र
ratopati.com · Wed Sep 16 11:15:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा अझै एउटा सुविधा सम्पन्न बसपार्कसमेत बन्न सकेको छैन । प्रदेशको राजधानी भए पनि फुटपाथ अतिक्रमण, फोहर व्यवस्थापनको अभावले सहर अस्तव्यस्त त छ नै, व्यवस्थित बसपार्कको अभावका कारण जनकपुर आउ–जाउ गर्ने यात्रीलाई समेत सास्ती हुने गरेको छ ।
अहिले बसपार्क क्षेत्र निकै दुर्गन्धित बनेको छ । बसपार्क भित्र रहेका सडकमा खाल्डाखुल्डीका कारण गाडी गुड्दा पैदलयात्रीको कपडा हिलाम्य हुने गर्दछ । परिणामस्वरुप बसपार्कमा यात्री प्रवेश गर्नै चाहँदैनन् । त्यसैले बसपार्कलाई अहिले गाडी पार्किङ गर्ने स्थानका रूपमा मात्र प्रयोग गर्न थालिएको छ । बसपार्क भित्र टिकट काटन अथवा गाडी चढ्न खासै सर्वसाधारण पुग्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)