राष्ट्रियसभाः ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहोस्
reportersnepal.com · Wed Sep 16 11:14:31 GMT 2026

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन् । सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताए ।
सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन लागेका प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको विषयलाई उठाउनुपर्ने बताए । सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)