साधारणसभा सम्पन्न गर्ने पिहलो बैंक बन्यो कामना सेवा, १५ प्रतिशत लाभांश पारित
clickmandu.com · Wed Sep 16 11:15:45 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा २०८३ साल भदौ ३१ गतेआम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले अग्राधिकार सेयरधनीहरूलाई अग्राधिकार सेयर बाँडफाँटभएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)