मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैरकानुनी रूपमा बस्दै आएका २४ बंगलादेशी नागरिक नियन्त्रणमा

nepalpress.com · Wed Jun 24 12:09:11 GMT 2026

काठमाडौँ । नेपालमा विभिन्न समयमा प्रवेश गरी वैध कागजातबिना तथा म्याद सकिएको पर्यटक भिसामा गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लु, सितापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा परेका बंगलादेशी नागरिकसँग स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नभएको तथा केहीले म्याद सकिएको पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको छ।

प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाएको जनाएको छ। नेपालमा गैरकानुनी रूपमा बसोबास गर्ने तथा भिसा अवधि समाप्त भएपछि पनि नफर्किएका विदेशी नागरिकमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)