अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
nepalnews.com · Wed Sep 16 11:23:28 GMT 2026

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयबाट ३९ सदस्यीय अस्पताल अनुगमन समिति गठन गरी अनुगमन भइरहेको बताएकी छन्।
राष्ट्रियसभाको आजको बैठकमा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सोधेको प्रश्नको जवाफमा उनले समितिमा मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जनस्वास्थ्य कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर तथा विभिन्न संघीय अस्पतालका प्रतिनिधिलगायत सम्बन्धित निकायको सहभागिता रहेको जानकारी दिइन्। छ सदस्यीय अर्को अनुगमन समितिमार्फत अस्पतालको सेवा प्रवाह, सेवाग्राहीका समस्या तथा सुधारका विषयमा अनुगमन र आवश्यक सहजीकरण भइरहेको पनि मन्त्री मेहताले सुनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)