बाल सुधार गृहमा उमेरअनुसार वर्गीकरण र पूर्वाधार सुधार गर्न सांसद बास्कोटाको माग
kendrabindu.com · Wed Sep 16 11:23:34 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण भत्ता वृद्धि, उमेर समूह अनुसारको वर्गीकरण र भौतिक पूर्वाधार सुधारका विषय ऐनमै स्पष्ट रूपमा समेट्न माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सभापति बास्कोटाले कानुन निर्माणदेखि कार्यान्वयनसम्म ‘बालबालिकाको सर्वोत्तम हित’लाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)