वाद–प्रतिवाद छाडेर सरकार राष्ट्र निर्माणमा लागोस् : सांसद देवकोटा
barnanmedia.com · Wed Sep 16 11:16:45 GMT 2026

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादभन्दा काम र परिणाममा केन्द्रित हुन आग्रह गरेकी छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो आग्रह गरेकी हुन्।
उनले विपद् व्यवस्थापनदेखि पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कूटनीतिसम्म सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताइन्। आविष्कार केन्द्रका प्रमुख आविष्कारकसमेत रहेका मन्त्री पुनको थकान र निराशाजस्तो देखिएको अवस्थाप्रति आफूलाई दुःख लागेको बताउँदै उनले सामाजिक सञ्जालमा प्रतिवाद गर्नुभन्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आविष्कारमा ऊर्जा लगाउन सुझाव दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)