मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्रको आरोपमा आफ्नै साक्षीविरुद्ध ५० लाख बिगोसहित मुद्दा दायर

nepalbahas.com · Wed Jun 24 12:00:05 GMT 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्रको आरोपमा आफ्नै साक्षीविरुद्ध ५० लाख बिगोसहित मुद्दा दायर

१० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा एक जना आफ्नै साक्षी विरुद्ध ५० लाख बिगो राखेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाईविरुद्ध घुस लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोप लगाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२–CR–०१०३ मा वादी नेपाल सरकार प्रतिवादी झलकराम अधिकारीसमेत भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी विकास कुमार चापागाईले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेकोले विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

वादी नेपाल सरकार र प्रतिवादी झलकराम अधिकारीसमेत भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी चापागाईले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार मुद्दा दायर गरिएको उनले बताए ।

प्रतिवादी झलकराम अधिकारीले राजस्व चुहावटका विषयमा अनुसन्धान कारवाही नगर्ने नगराई दिने लगायतका काम वापत गैरकानुनी लाभ लिने मनसाय राखी व्यापारिक कारोबारमा सहजीकरण एवं मोलाहिजा गरी दिनको लागि ५० लाख बराबरको चेक प्रतिवादी चापागाईको नाममा काट्न लगाएका अख्तियारको भनाइ छ ।

उक्त चेक चापागाईले बुझी सो रकम आफ्नो बैंक खातामा दाखिला गरी अधिकारीको निर्देशन बमोजिम खरिद गराएको जग्गाको रकम भुक्तानी भएको देखिँदा चापागाईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएकोले बिगो ५० लाख कायम गरिएको हो ।

अख्तियार

बकपत्र

मुद्दा दायर

अदालत

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

असार ८, २०८३ सोमबार

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग

असार ८, २०८३ सोमबार

बेलबारीको सःमिलमा मध्यराति प्रहरीको छापा, लाखौंको अवैध खयर बरामद

असार ७, २०८३ आइतबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

रास्वपाको प्रदेश खारेज र संघीय संरचना फेरबदल प्रस्तावले मधेशी दलमा आक्रोस, आन्दोलनको चेतावनी

असार १०, २०८३ बुधबार

नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि

असार ९, २०८३ मंगलबार

विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्रको आरोपमा आफ्नै साक्षीविरुद्ध ५० लाख बिगोसहित मुद्दा दायर

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन : राति ८:३० बजेदेखि मतदान गर्ने तयारी, ८० विद्युतीय मेसिन तयार

असार १०, २०८३ बुधबार

ब्राजिल र स्कटल्याण्डबीच आज निर्णायक भिडन्त, नकआउट चरणको भविष्य दाउमा

असार १०, २०८३ बुधबार

बर्नह्याम सत्ताको सङ्घारमा, लेबर नेतृत्व दौड थप सहज

असार १०, २०८३ बुधबार

ललितपुरमा ४३ राहदानी घरमै वितरण

असार १०, २०८३ बुधबार

ए ३८० पखेटामा चिरा, १६ विमान जाँचमा

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)