मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रथम एनी गछिया गोल्डकपमा सहलेश युवा क्लब सिराहाको बिजयी सुरुवात

rajdhanidaily.com · Mon Dec 01 23:49:08 GMT 2025

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैचामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ सुरु भएको छ ।प्रतियोगितामा ८ टीमको सहभागी रहेको छ। प्रतियोगिताको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले उद्घाटन गरेका छन् । उद्घाटन खेलमा सहलेश युवा क्लब सिराहा र बेलबारी फुटबल क्लब आमनेसामने भएका थिए ।

खेल प्रतिस्पर्धातात्म भएको थियो । पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल्दै बराबरीको स्थितिमा समाप्त गरे । तर दोस्रो हाफको २० औँ मिनेटमा सहलेश युवा क्लब सिराहाका जर्सी नम्बर ११ रोमन भुजेलले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई १–० गोलअन्तरको जित दिलाउन सफल भए । प्रदर्शनका आधारमा रोमन भुजेल आजको ‘म्यान अफ द म्याच’ घोषित भए र उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)