राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
reportersnepal.com · Wed Sep 16 11:26:12 GMT 2026

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको स्वास्थ्य सेवा प्रणालीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले मातृ तथा बाल स्वास्थ्य, पोषण, नियमित खोप तथा विभिन्न रोगको नियन्त्रणलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका बताएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले राखेको मौखिक प्रश्नको जवाफ दिर्दै मन्त्री मेहताले हाल देशभर ५० हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेका जानकारी दिइन् । स्वयंसेविकालाई राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन, २०७६)ले स्वयंसेवीका रूपमा परिभाषित गरेको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)