नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ
canadanepal.com · Wed Jun 24 12:21:17 GMT 2026

काठमाडौँ - विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिइ गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकहरू पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँको डल्लु र सितापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेका हुन्।
हाल उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभाग, कालीकास्थान पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)