संगीता बडुवालको ‘गया धर्ती छोडी’ ले मच्चायो तहल्का, २४ घण्टा नपुग्दै टिकटकमा भाइरल
kalakarmi.com · Wed Sep 16 11:31:56 GMT 2026

काठमाडौं- गायिका संगीता बडुवालको नयाँ गीत ‘गया धर्ती छोडी’ ले सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा चर्चा बटुल्न थालेको छ । गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियोहरू बन्न थालेसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
Limelight Nepal को निर्माणमा तयार भएको ‘गया धर्ती छोडी’ मा कृष्ण मल्ल ठकुरीको शब्द रहेको छ । गीतमा गायिका संगीता बडुवालकै लय तथा स्वर रहेको छ भने गीत टेकेन्द्र शाहको प्रस्तुतिमा सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)