सफाइ पाएपछि तीन महिनापछि कार्यालय फर्किए वीरगन्जका मेयर सिंह
annapurnapost.com · Wed Sep 16 11:21:31 GMT 2026

वीरगन्ज : विशेष अदालतबाट सफाइ पाएपछि वीरगन्ज महानगरपालिकाको मेयरमा स्वत: पुनबहाली भएका राजेशमान सिंहले तीन महिनापछि बुधबार महानगरपालिकाको कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सिंहविरुद्ध गत जेठ २५ गते छोरीको नागरिकता बनाउँदा गलत लिखत पेस गरेको भन्दै मुद्दा दायर गरेपछि उनी मेयर पदबाट निलम्बनमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)