हामीसँग छ तागत र जाँगर दुवै : हर्क साम्पाङ
barnanmedia.com · Wed Sep 16 11:22:22 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रसुवाको हाकुबेसीस्थित थुनिएको सुरुङ खुलाउने काम सरकारले गर्न नसके आफ्नो पार्टीलाई जिम्मा दिन माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष साम्पाङले सरकारले आवश्यक उपकरण उपलब्ध गराए सुरुङ खोलेर देखाइदिने दाबी गरे। ‘नेपाल सरकारले हाकुबेसीको सुरुङ खोल्न सक्दैन भने श्रम संस्कृतिलाई जिम्मा देओस्! हामी खोलेर देखाउनेछौँ! उपकरणहरू उपलब्ध गराओस्! हामीसँग छ तागत र जाँगर दुवै,’ उनले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)