प्रधानमन्त्री शाहले बसेको सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग संवाद गर्न आवश्यक छ: माधव नेपाल
barnanmedia.com · Wed Sep 16 11:26:51 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विपद्को विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले राजनीतिक दल तथा विज्ञसँग संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले विपद् व्यवस्थापनजस्तो राष्ट्रिय विषयमा प्रधानमन्त्री शाहले अन्तरपार्टी संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनले व्यस्तताबीच पनि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दललाई बोलाएर परामर्श गर्नुपर्ने र विज्ञहरूसँग छलफल गरी आगामी कार्यदिशा तय गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)