रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ भेरियन्ट नेपालमा, दुई नयाँ रङ थप
baahrakhari.com · Wed Sep 16 11:32:34 GMT 2026

काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गर्दै यसको पोर्टफोलियो विस्तार गरेको छ । कम्पनीले नयाँ भेरियन्ट टार्माक ब्ल्याक र टप भेरियन्टमा मुम्बई येलो तथा मुनसट ह्वाइट गरी दुई नयाँ रङ थप गरेको हो ।
नयाँ भेरियन्टमार्फत हन्टर ३५० को अनुभव थप फराकिलो ग्राहक वर्गसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ । नयाँ भेरियन्टमा एलोय ह्विल, परिष्कृत राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसजस्ता सुविधाहरू समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)