जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित
barnanmedia.com · Wed Jul 15 21:59:22 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल पनि जितेको छ ।
बुधबार राति वर्षाले प्रभावित खेलमा नेपालले जर्सीमाथि डीएलएस पद्धतिअनुसार ७ रनको जित हासिल गरेको हो । २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)