भाइकिङ समाजको नयाँ रहस्य
ratopati.com · Wed Jun 24 12:24:38 GMT 2026

काठमाडाैँ। डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा सङ्गठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ। पुरातत्त्वविद्हरूले यो खोजले भाइकिङहरू केवल आक्रमणकारी वा योद्धा मात्र नभई उन्नत उत्पादन प्रणाली र व्यापारिक सञ्जाल निर्माण गर्ने समाज रहेको देखाएको बताएका छन्।
मोएसगार्ड सङ्ग्रहालयका विशेषज्ञहरूले डेनमार्कको जुटल्यान्ड प्रायद्वीपस्थित सोफ्टेन क्षेत्रमा करिब एक लाख वर्गमिटर क्षेत्रमा फैलिएको विशाल बस्ती फेला पारेका हुन्। आरहुस सहरबाट करिब १० किलोमिटर उत्तरमा रहेको यो स्थल इस्वी संवत् ६०० देखि ९५० बीचको पछिल्लो फलाम युग र प्रारम्भिक भाइकिङ कालसँग सम्बन्धित मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)