काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहको बजेट सार्वजनिक
gorkhapatraonline.com · Wed Jun 24 12:22:22 GMT 2026

काभ्रेपलाञ्चोकका सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो अनुमानित आयव्यय (बजेट) प्रस्तुत गरेका छन्। असार १० गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार जिल्लाका १३ वटै स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि जिल्लाको पनौती नगरपालिकाले जिल्लाभरिकै सबैभन्दा बढी अर्थात् कुल एक अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। यस्तै, मण्डनदेउपुर नगरपालिकाले एक अर्ब ३१ करोड ६५ लाख ५३ हजार ३८४ रुपियाँ, धुलिखेल नगरपालिकाले कुल एक अर्ब २३ करोड २६ लाख ५४ हजार ५०० रुपियाँ र बनेपा नगरपालिकाले एक अर्ब २१ करोड तीन लाख ४६ हजार ३८५ रुपियाँको बजेट प्रस्तुत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)