मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ‘देशको चिन्ता लागेर जानुभयो’ : प्रवक्ता मनिष झा

nagariknews.nagariknetwork.com · Wed Jun 24 12:22:43 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी भएका पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं फर्किएका छन्।

चितवनमा रास्वपाको महाधिवेशन भइरहेको बेला बुधबार प्रधानमन्त्री साह काठमाडौं फर्किएसँगै रास्वपाका प्रवक्ता मनिष झाले देशको मायाले फर्किएको बताएका छन्।

उनले भने, ‘उहाँलाई देशको चिन्ता लाग्यो, त्यसैले जानुभयो। उद्घाटन समारोहकै क्रममा उहाँले पार्टीका लागि तीन दिनको समय छुट्याएर आएको र त्यसपछि आफ्नो समय देशका लागि हुने बताउनुभएको थियो।’

झाले बालेनले महाधिवेशनमा तीन दिन सहभागिता जनाएर आफ्नो प्रतिबद्धता पूरा गरेको समेत बताएका छन्।

‘उहाँ उपस्थित हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्नहरू उठिरहेका थिए। हामी पनि उद्घाटन समारोहमा उहाँ आउनुहुन्छ कि आउनुहुन्न भन्ने अन्योलमा थियौँ। तर उहाँ तीन दिनसम्म महाधिवेशनमा सहभागी हुनुभयो र आफ्नो कमिटमेन्ट पूरा गर्नुभयो,’ झाले भने।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय