सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
gorkhapatraonline.com · Wed Sep 16 11:40:34 GMT 2026

बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन युरोपेली संघ (ईयू)ले नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार युरोपेली संसदमा बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गर्नुभएको छ ।
प्रस्तावित ‘ईयू किड्स एक्ट’अन्तर्गत १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल, भिडियो सेयरिङ प्लेटफर्म, एआई च्याटबोट तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ । प्रस्तावको अन्तिम स्वरूप भने ईयूका सदस्य राष्ट्र र युरोपेली संसदबिचको छलफलपछि तय हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)