बजेटबिनै कोशी पर्यटन वर्ष घोषणा
gorkhapatraonline.com · Wed Sep 16 11:44:00 GMT 2026

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३–८४ लाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । तर पर्यटन वर्ष मनाउन कुनै पनि कार्यक्रम शीर्षकमा बजेट विनियोजन नगरेको पाइएको छ ।
सरकारले महत्त्वका साथ २०८३ र २०८४ लाई कोशी पर्यटन वर्ष मनाउने कुरा नीति तथा कार्यक्रम र बजेट भाषणमा समावेश गरेको थियो । तर विनियोजन विधेयकमा भने त्यसका लागि एक रुपियाँ पनि बजेट विनियोजन नगरेको पाइएपछि मन्त्रालय यतिबेला कताबाट बजेट ल्याउने भन्ने समस्यामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)