गुडिरहेको बसमाथि ढुंगा प्रहार गर्ने पाँचजना पक्राउ
annapurnapost.com · Wed Sep 16 11:36:51 GMT 2026

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा ढुंगा प्रहार गरी यात्रुसमेत घाइते बनाएको घटनामा संलग्न पाँचजना पक्राउ परेका छन्।
बुधबार बिहान अन्दाजी १:३० बजे बसमा ढुंगा प्रहार भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। ढुंगा प्रहारबाट बसको सिसा फुट्नुको साथै एकजना यात्रु घाइते भएका थिए। उनको अस्पतालमा उपचार जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)