सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जना मजदुरको मृत्यु
gorkhapatraonline.com · Wed Sep 16 11:47:12 GMT 2026

दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० जना सुनखानी मजदुरको मृत्यु हुनुका साथै धेरै जना बेपत्ता भएको जनाइएको छ । मङ्गलबार पश्चिम कोर्डोफानको एल-नाहुद सहर नजिकैको अल-जारा सुनखानी भत्किएपछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ ।
रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना खानी भित्रै फसिरहेको जनाएका छन् । सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बलबिच युद्ध सुरु भएदेखि, दुवै पक्षको युद्ध प्रयासबिच विदेशी समर्थकका अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)