चिनी अभावको हल्लाबीच सरकारको स्पष्टीकरण : ‘प्रतिखिलो ११० रुपैयाँमै पाइन्छ’
kalakarmi.com · Wed Sep 16 11:49:58 GMT 2026

काठमाडौं- चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव भएको र महँगो मूल्य तिर्नुपरेको गुनासो बढिरहेका बेला सरकारले भने चिनीको आपूर्ति पर्याप्त रहेको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा चिनीको अभाव नरहेको र उपभोक्ताले प्रतिकिलो ११० रुपैयाँमा चिनी खरिद गर्न सक्ने जनाएको हो ।
विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा गत भदौ ३० गते सरोकारवालासँग छलफल भएको थियो ।छलफलपछि बजारमा चिनीको आपूर्ति सहज बनाउन आवश्यक व्यवस्था मिलाइएको विभागको भनाइ छ । पछिल्लो समय भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा चिनीको आपूर्तिमा समस्या परेको समाचार सार्वजनिक भएका थिए । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको विषयलाई समेत बजारमा अभाव र मूल्यवृद्धिसँग जोडेर चर्चा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)