मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभाः सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस

reportersnepal.com · Wed Sep 16 11:47:42 GMT 2026

काठमाडौँ, ३१ भदौ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेका छन् ।

सभाको आजको बैठकमा उनले सो प्रतिवेदन पेस गरेका हुन् । यही भदौ १ गतेको बैठकले दफावार छलफलका लागि समितिसमक्ष प्राप्त भई भदौ ८ गतेदेखि समिति बैठकमा छलफल सुरु भएको उनले सुनाए । खाद्य, उपभोक्ता, स्वास्थ्य र वातावरणको मौलिक हकको संरक्षणका लागि विधेयकमा व्यवस्था गरिएको छ । समितिले सरोकार भएका सबै निकाय र नागरिक संस्थाका प्रतिनिधिसँग पनि सुझाव लिई प्रतिवेदनलाई अन्तिम रूप दिइएको सभापति रोकायाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)