सर्लाहीका १९ पालिकामा बजेट प्रस्तुत, हरिवनको सभा हुन सकेन
gorkhapatraonline.com · Wed Jun 24 12:34:20 GMT 2026

देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा हरिवनबाहेक १९ वटा पालिकाले समयमै गाउँ तथा नगरसभा प्रारम्भ गरेका छन्। नेपालको कानुनी व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक आर्थिक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान छ। सोही संवैधानिक व्यवस्थाअनुसार जिल्लाका १९ वटा स्थानीय सरकारले बुधबार बजेट प्रस्तुत गरेका हुन्।
राजनीतिक दलहरूबिचको आन्तरिक खिलोचका कारण हरिवन नगरपालिकाले भने यो वर्ष पनि समयमै बजेट ल्याउन सकेन। हरिवनमा अघिल्ला केही आर्थिक वर्षदेखि नै असारमा बजेट पारित हुन नसक्ने समस्या दोहोरिँदै आएको छ। समयमै बजेट पारित नभए आर्थिक र प्रशासनिक कार्य ठप्प हुनुका साथै कर्मचारीको तलब रोकिने, विकास निर्माणका काम प्रभावित हुने र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान कटौती हुन सक्ने कानुनी जोखिम रहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)