चार दिनमा ५० हजार बढी भक्तजनद्वारा मुक्तिनाथको दर्शन
nepalsamaya.com · Sun May 31 17:11:47 GMT 2026

मुस्ताङ। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिनयता धार्मिक पर्यटकको आगमन बढेको छ। औसत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेका छन्।
मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यसवर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको सङ्ख्या बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)