इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु, सयौँ बेपत्ता
gorkhapatraonline.com · Wed Sep 16 11:55:01 GMT 2026

इजरायली आक्रमणका कारण गाजाको एउटा अपार्टमेन्ट भवन भत्किदा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी बेपत्ता भएको जनाइएको छ । हमास अन्तर्गत उद्धार सेवाको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीका अनुसार भवन गाजा सहरको ताल अल-हवा क्षेत्र नजिकैको घर तथा शिविरमाथि रातारात खसेको थियो ।
एजेन्सीका प्रवक्ता महमुद बासलले इजरायली आक्रमणबाट भवनको संरचनात्मक क्षति भएको बताउनुभयो । अहिलेसम्म पाँच बालबालिकासहित कम्तीमा १२ जनाको शबको बरामद भइसकेको बासलले बताउनुभएको छ । भने १०० जनाभन्दा बढी बेपत्ता रहेको पनि उल्लेख गर्नुभएको छ । सन् २०२४ र मार्च २०२५ मा भवनमा धेरै पटक प्रहार भएकाले गाजानलाई यस्ता क्षतिग्रस्त भवनमा बस्न नहुने चेतावनी दिइएको भएता पनि उनीहरूसँग अरू विकल्प नभएकाले जोखिमको बावजुद दरार भएका, क्षतिग्रस्त भवनमा बसिरहेको बासलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)