काठमाडौंबाट २४ जना बंगलादेशी पक्राउ
onlinekhabar.com · Wed Jun 24 12:40:25 GMT 2026

१० असार, काठमाडौं । सितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका २४ विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
पक्राउ पर्नेहरु सबै बंगलादेशी नागरिक छन् । उनीहरू कपडा कारखानामा काम समेत गर्ने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ