एक महिनाभन्दा कम समयमा छ लाखभन्दा बढी अफगान शरणाथी स्वदेश फिर्ता
gorkhapatraonline.com · Wed Sep 16 11:59:56 GMT 2026

सन् २०२६ मार्च २१ देखि सेप्टेम्बर ९ को बिचको समयमा छ लाख १७ हजार २४४ जना अफगान शरणार्थी छिमेकी देश इरान र पाकिस्तानबाट स्वदेश फर्केका छन् । अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरतले चार लाख ३७ हजार ८५४ जना व्यक्ति पाकिस्तानबाट स्वदेश फर्किएको घोषणा गर्दै सोही अवधिमा थप एक लाख ७९ हजार ३९० जना इरानबाट स्वदेश फर्केको उल्लेख गर्नुभएको छ । अधिकारीका अनुसार फर्कनेले खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवा र आ-आफ्नो मूल प्रान्तमा जानका लागि यातायातसहित आवश्यक मानवीय सहायता प्राप्त गरीसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)