मन्त्रालयबाट ३९ सदस्यीय समिति गठन गरी अस्पताल अनुगमन भइरहेको छ : मन्त्री मेहता
nagariknews.nagariknetwork.com · Wed Sep 16 11:36:45 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयबाट ३९ सदस्यीय अस्पताल अनुगमन समिति गठन गरी अनुगमन भइरहेको बताएकी छिन्।
राष्ट्रिय सभाको आजको बैठकमा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सोधेका प्र्नको जवाफमा उनले समितिमा मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जनस्वास्थ्य कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर तथा विभिन्न सङ्घीय अस्पतालका प्रतिनिधिलगायत सम्बन्धित निकायको सहभागिता रहेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)