मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजाजको एक्सचेन्ज मेला सुरु

nayapatrikadaily.com · Wed Oct 06 00:20:00 GMT 2021

नेपालमा बजाज मोटरसाइकलको अधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बजारको एक्सचेन्ज मेला सुरु गरेको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ भन्ने नाराका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सुरु गरेको हो ।

भृकुटीमण्डपमा आयोजना हुने मेला असोज २३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक दिएर नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने जनाइएको छ । मेलामा १८ भन्दा बढी भ्यालुएटरहरू रहेको र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)