साझा लक्ष्य: कृषि, शिक्षा र पर्यटनमा केन्द्रित गोरखाका चार स्थानीय तह
gorkhapatraonline.com · Wed Jun 24 12:49:15 GMT 2026

गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा राख्दै आ–आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकाले विकास र समृद्धिको साझा लक्ष्यसहित बजेट ल्याएका हुन्।
पालुङटार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७९ लाख ७९ हजार रुपियाँको बजेट ल्याउँदै कृषि तथा पशुपालन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ३ रुपियाँ अनुदान दिने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, भूमि बैङ्क स्थापना गर्ने तथा सुन्तला र रैथाने बाली प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारेको छ। शिक्षा क्षेत्रका लागि ३१ करोड ५९ लाख रुपियाँ र स्वास्थ्य क्षेत्रमा ८ करोड ९७ लाख रुपियाँ विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)